दफा २६
प्रतिष्ठानका शिक्षक तथा कर्मचारी
: (१) प्रतिष्ठानमा आवश्यक सङ्ख्या शिक्षक तथा कर्मचारीहरू रहने छन् ।
(२)  प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा तोकिए बमोजिम हुनेछ ।
(३) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ ।